२०८१ फागुन ३ शनिवार | Saturday, Feb 15 2025

वीपीको छोरा भएकाले आगामी महाधिबेशनमा सजिलै सभापति हुन्छु : डा. शशांक

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले वीपीको छोरा भएकै कारण सजिलै चुनावहरू जित्ने गरेको दाबी गरेका छन् ।

उनले भने, ‘सबै कुरामा उत्कृष्ट हुन धेरै नै गाह्रो छ । कहिलेकाहीँ मलाई के लाग्छ भने म एउटा साधारण परिवारको सदस्य भएको भए कति स्वतन्त्र हुन्थेँ होला ।

सोमबार नेपाली कांग्रेस बागमती प्रदेशले वीपी कोइरालाको १११ औँ जन्म जयन्तीको अवसरमा ‘वीपी, व्यक्ति एकः विचार अनेक’ विषयक विचार प्रवाह कार्यक्रममा उनले वीपीको छोरा हुँदा सबै कुरामा उत्कृष्ट हुन धेरै कठिन भएता पनि छोरा भएको हुनाले हरेक कुरामा सबैभन्दा अगाडि आएको उनको दावीथियो ।

तर, म आफूलाई पूरै जकडियको अनुभव गर्छु । यो गर्नु हुँदैन, यो गर्नुपर्छ, राम्रो गर्नुपर्छ भन्नेमा केन्द्रित हुनुपरेको छ ।

तर, यसमा एउटा रमाइलो पक्ष पनि छ वीपीको छोरा भएको हुनाले हरेक कुरामा सबैभन्दा अगाडि सारिदिन्छन् । कति सजिलै चुनाव पनि जित्छु । केही गर्नै पर्दैन ।’

उनले वीपीले ठूलो होइन असल मान्छे बन्नुपर्छ भन्ने गरेकाले असल बन्न पनि धेरै कठिन हुने गरेको सुनाए ।

वीपी व्यक्ति भन्दा पनि विचार भएको उल्लेख गर्दै उहाँले जीवनभर संघर्ष गर्नुभएको कुरा सुनाए ।

Untitled
Untitled
Untitled