दमक, झापाको दमकमा गर्भिणी गाईको मासु खाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
२ महिनाको गर्भिणी गाई चोरी गरेर काटेर खाएको उनीहरुलाई आरोप लागेको छ ।
दमकस्थित बेलडाँगी शिविरमा बस्दै आएका भुटानी शरणार्थी प्रेमबहादुर बिष्ट, खगेन्द्र दुलाल, विधान थापा र दमक नगरपालिका वडा नं ४ का गीता श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले भदौ १८ गते राति लक्ष्मण बिष्टको दमक नगरपालिका वडा नं १ स्थित पानी ट्याङकी गोठमा बाँधिएको गाई चोरेर काटेर खाएको आरोप छ ।
उक्त गाई गोठदेखि करिब १०० मिटर पूर्वतर्फ रहेको खाली प्लटिङ जग्गामा लगेर काटिएको पाइएको प्रहरीले जनाएको छ ।
गाईधनीले प्रहरीमा उजुरी दिए पछि अनुसन्धानका क्रममा उनीहरूको संलग्नता पाइएको पनि प्रहरीले जनाएको छ ।