२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

एमालेको टोली देउवा निवासमा, नदी किनारका संरचना जोगाउनेबारे छलफल

Untitled
Untitled
Untitled

काठमाण्डू, प्रमुख सत्ता साझेदर दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा एमालेका बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई नेतृत्वको टोलीले भेटवार्ता गरेको छ ।

मंगलबार बूढानीलकण्ठस्थित उनको निवास पुगेर उक्त टोलीले पूर्वप्रधानमन्त्री समेत रहेका देउवालाई भेट गरेको छ ।

नदी किनारका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौं महानगर पालिकाका मेयरले जारी गरेको परिपत्रका सम्बन्धमा ध्यान आकर्षण गराउन डा. भट्टराई नेतृत्वको एमालेको प्रतिनिधिमण्डलले काँग्रेस सभापति देउवालाई बूढानीलकण्ठस्थित निवासमा भेटेको हो ।

भेटमा देउवाले सम्मानित अदालतको फैसलाका कारण उत्पन्न समस्याका विषयमा सरकार पुनरावलोकनमा जानपर्ने विषयमा सहमति जनाउँदै कानून मन्त्रीलाई छिटो भन्दा छिटो पुनरावलोकनमा जानका लागि आवश्यक पहल लिन निर्देशन दिए ।

भेटमा एमालेका बागमती प्रदेश इञ्चार्ज डा.भट्टराई, काठमाडौं जिल्ला ईन्चार्ज आनन्द पोखरेल, काठमाडौं जिल्लाका अध्यक्ष दीपक निरौला लगायत पदाधिकारीहरुको सहभागिता थियो ।

 

Untitled
Untitled
Untitled