काठमाण्डू, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप भएको छ ।
मंगलवार बसेको प्रतिनिधि सभाको बैठकले भदौ २२ गतेदेखि समितिको म्याद १५ दिन थप गर्ने प्रस्ताव पारित गरेको हो ।
त्यसअघि समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यविधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।
तीन महिनाको समय पाएर जेठ १५ गते गठन भएको समितिले २३ गतेदेखि काम सुरु गरेको थियो ।
थापाले समितिले हालसम्म गरेका कामहरूको बारेमा संक्षेपमा जानकारी गराएका थिए । उनले सहकारी बचत अपचलनमा संलग्न ५० जनालाई सोधपुछ गरिएको पनि जानकारी दिए ।