२०८२ साउन ३ शनिवार | Saturday, Jul 19 2025

मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै गण्डकीका वन तथा वातावरणमन्त्री दीपक मनाङेले दिए राजीनामा

Untitled
Untitled
Untitled

पोखरा, मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै गण्डकीका वन तथा वातावरणमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले राजीनामा दिएका छन् ।

स्वकीय सचिव सन्तोष अधिकारीमार्फत मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई राजीनामा पठाएको मनाङेले जानकारी दिए ।

यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रहेका मनाङेलाई परिवर्तन गरी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

तर, जुनियरलाई दिने मन्त्रालय भन्दै उनले मुख्यमन्त्रीसँग असन्तुष्टि जनाएका थिए । आज एमालेका मन्त्रीहरूको शपथ समारोहबाट उनी बाहिर निस्किएका थिए ।

मनाङेले वन मन्त्रालय मनाङबाट निर्वाचित सांसद मुनिन्द्रजंग गुरूङलाई दिन माग गरेको उल्लेख बताए ।

‘मैले त हिजै लिँदैन भनेको हुँ । यिनीहरूले मेरो नाम राखिदिएछन् । तल्लो मनाङको भाइ (मुनिन्द्रजंग गुरुङ) लाई मन्त्री देऊ भनेको हुँ’, उनले भने ।

Untitled
Untitled
Untitled