काठमाण्डू, ट्रिनिटि मार्केटिङ एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रा. लि.ले निभिया तीज मेला–२०२४ को आयोजना गर्ने भएको छ ।
ललितपुरको सातदोवाटोमा रहेको बेरी ब्याङक्वेटमा हुने कार्यक्रममा खानेपानी मन्त्री प्रदीप यादव प्रमुख अतिथिका रुपमा रहने छने भने नायिका रेखा थापा, शितल शर्मा अतिथिका रुपमा हुने छन ।
गायिका शशी पुनले आफ्नो सांगितिक कता प्रस्तुत गर्ने छिन् । २०८१ साल भाद्र १५ गते शनिबार हुने कार्यक्रममा प्रमुख प्रायोजकमा निभिया रहेको छ ।
ईभेन्ट म्यानेजमेन्ट प्रा. लि.ले बर्षेनी तीज बिषेश कार्यक्रम गर्दै आएको साबित्री ढुंगानाले जानकारी दिइन् ।