२०८१ असोज २६ शनिवार | Saturday, Oct 12 2024

सरकार अहंकारपूर्ण र गलत बाटोतर्फ अग्रसर भयो : अध्यक्ष दाहाल

Untitled
Untitled
Untitled

काठमाण्डू, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार अहंकारपूर्ण गलत बाटोतर्फ अग्रसर भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर सरकार अग्रसर भएको बताए ।

अध्यक्ष दाहालले भने, जनताभन्दा स्वार्थी समूह अझै माफियाहरुको सेवा अग्रसर छ । त्यसैले अब रचनात्मक खबरदारी नगरे धेरै ढिलो हुने भयो भन्ने चिन्ताले म बोल्दैछु ।’

उनले प्रतिपक्ष कमजोर नभएको भन्दै सत्तादेखि सडकसम्म उत्रिनसक्ने चेतावनी दिए । सरकारको जगमा विश्वास नभई डरले बनेको अध्यक्ष दाहालले दाबी गरे ।

Untitled
Untitled
Untitled