२०८१ असोज २६ शनिवार | Saturday, Oct 12 2024

प्रधानमन्त्री ओली र ओमानका विदेशमन्त्री सैयद बदर बिन हमादबीच भेटवार्ता

Untitled
Untitled
Untitled

काठमाडौँ, प्रधानमन्त्री केपी ओलीसँग ओमानका विदेशमन्त्री सैयद बदर बिन हमाद बिन हमूद अल्बुसैदीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओलीसँग मङ्गलबार दिउँसो प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदबारमा ओमानका विदेशमन्त्री अल्बुसैदीले शिष्टाचार भेट गरेका हुन् ।

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको निमन्त्रणमा दुईदिने नेपाल भ्रमणका लागि ओमानका विदेशमन्त्री अल्बुसैदी सोमबार अपराह्न काठमाडौँ आएका हुन् ।

Untitled
Untitled
Untitled