२०८१ असोज २६ शनिवार | Saturday, Oct 12 2024

रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनुपर्छ : मुकुल ढकाल

Untitled
Untitled
Untitled

काठमाण्डू, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेपछि पूर्वमहामन्त्री डा. मुकुल ढकालले नैतिकताका हिसाबमा पार्टी सभापति रवि लामिछानेले रवि लामिछानेले राजीनामा दिनुपर्ने प्रतिक्रिया दिएका छन् ।

रास्वपाले पार्टीबाट निस्कासन गरेलगत्तै उनले रविको राजीनामा माग गरेका हुन् । ढकालले आफू रास्वपाबाट नभइ रविको क्लबबाट निष्कासित भएको पनि टिप्पणी गरेका छन् ।

‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लबलाई छैन ।

न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनुपर्छ ।

नैतिकरूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला । तर, पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला, समयले पुष्टि गर्दै जानेछ,’ ढकालले फेसबुकमा लेखेका छन् ।

 

Untitled
Untitled
Untitled