काठमाडौं, प्रवेशको मुख्य नाका नागढुङ्गा नजिक पहिरो जाँदा त्रिभुवन राजपथ अवरुद्ध भएको छ ।
चेक पोइन्टबाट करिब तीन सय मिटर टाढा ठूलो पहिरो गएको नागढुङ्गा प्रहरी इन्चार्ज प्रहरी निरीक्षक हेमकुमार थपलियाले जानकारी दिए ।
पानी परिरहेकोले पहिरो खस्ने क्रम रोकिएको छैन । थपलियाका अनुसार दुवैतर्फ पहिरो पन्छाउन डोजरलाई स्टान्डबाइ राखिएको छ ।
पहिरो खस्न रोकिएपछि पहिरो पन्छाएर आवागमन सहज गरिने प्रहरीले जनाएको छ ।