२०८१ असोज २६ शनिवार | Saturday, Oct 12 2024

रास्वपाको केन्द्रीय समिति बैठक सुरु, अनुशासन आयोगले बुझाएको प्रतिवेदनमाथि छलफल हुने

Untitled
Untitled
Untitled

काठमाण्डू, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक शुरु भएको छ । बैठक बिहान साढे ८ बजेदेखि बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो ।

बैठकमा राष्ट्रिय भेलाका साथै कर्णाली विशेष अभियान तथा संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधनका बारेमा छलफल हुने रास्वपाले जनाएको छ ।

यसका साथै केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धि, स्थानीय तह उपनिर्वाचन, संविधान दिवसको कार्यक्रम पनि बैठकका एजेन्डा रहेका छन् ।

बैठकमा विभिन्न १० कार्यसूचीमा छलफल हुने बताइएको छ । बैठकमा पार्टी अनुशासन आयोगले बुझाएको प्रतिवेदनमाथि छलफल हुने छ । यस्तै समसामयिक राजनीति र पार्टी गतिविधिबारे छलफल हुनेछ ।

संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधन, केन्द्र तथा सातै प्रदेशमा विधान संशोधन, स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा पनि बैठकमा छलफल हुने छ ।

निलम्बित महामन्त्री मुकुल ढकाललाई सोधिएको स्पष्टीकरण र उनले उल्टै पार्टी सभापति रवि लामिछानेलाई गरेका प्रतिप्रश्नबारे पनि बैठकमा छलफल हुने एक नेताले जानकारी दिए ।

Untitled
Untitled
Untitled