२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

विजयकृष्ण मुर्तिको प्रहरीबाट लिएको चारित्रिक प्रमाणपत्रबारे प्रहरीले छानबिन गर्दै, डीएसपीको नेतृत्वमा समिति गठन

Untitled
Untitled
Untitled

काठमाण्डू, पशुपतिमा आयोजित कोटिहोमका संकल्पकर्ता विजयकृष्ण मुर्तिले प्रहरीबाट लिएको चारित्रिक प्रमाणपत्रबारे नेपाल प्रहरीले छानबिन थालेको छ ।

काठमाडौं प्रहरी परिसरले डीएसपी दिपेश बस्यालको नेतृत्वमा समिति बनाएर छानबिन सुरु गरेको हो ।

ठगी मुद्दामा जेल सजाय भोगिसकेका भण्डारीले तीन महिना अगाडि मात्रै प्रहरीबाट लिएको चारित्रिक प्रमाणपत्र मिडियामा सार्वजनिक भएको थियो । उक्त प्रमाणपत्रमा उनको क्रिमिनल रेकर्ड लुकाइएको छ ।

यसैको आडमा भण्डारीले आफूलाई निस्कलंक दावी गर्दै आएका छन् । प्रहरीबाट उनले यस्तो प्रमाणपत्र कसरी हत्याए भन्ने खुलेको छैन् ।

प्रहरी प्रधान कार्यालयकै लेटरहेड रहेको प्रमाणपत्रमा निरिक्षक उद्धव पोखरेलले हस्ताक्षर गरेका छन् ।

यही प्रमाणपत्रको विषयमा बुझ्नलाई शुक्रबार राति भण्डारीलाई नियन्त्रणमा लिन खोजीएको प्रहरीको भनाइ छ ।

तर, कोटीहोम स्थलमा पुगेको प्रहरी टोलीलाई भण्डारीका समर्थकले अवरोध गरेका थिए ।

प्रहरी पक्राउ नगरिकन रित्तो हात फर्किएको थियो । अब यो विषयमा सबै अनुसन्धान छानविन समितिले गर्ने स्रोतको भनाइ छ ।

समितिले सुरुमा आन्तरिक छानविन गर्ने र आवश्यकता अनुसार भण्डारीलाई सोधपुछका लागि बोलाउने स्रोतले जानकार दियो ।

यसअघि कोटिहोममा भएको लफडाको विषयमा छानबिन गर्न काठमाडौं जिल्ला प्रशासनले पनि एक समिति बनाएको छ ।

जिप्रका काठमाडौंका सहायक सीडीओको संयोजकत्वमा ७ सदस्यीय समिति बनाएको हो ।

Untitled
Untitled
Untitled