२०८१ असोज २२ मंगलवार | Tuesday, Oct 08 2024

३५ पद रिक्त स्थानमा मंसिर तेस्रो साता स्थानीय तहको उपनिर्वाचन गर्न आयोगको प्रस्ताव

Untitled
Untitled
Untitled

काठमाण्डू, निर्वाचन आयोग स्थानीय तहमा रिक्त रहेका पदाधिरीको उपनिर्वाचनको तयारीमा जुटेको छ ।

आयोग आउँदै मंसिर तेस्रो साता उपनिर्वाचन गर्नेगरी आन्तरिक तयारीमा जुटेको हो ।

निर्वाचनको मितिबारे सरकारलाई सुझाव दिने, मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने, निर्वाचनमा लाग्ने खर्चको विश्लेषण गरी नेपाल सरकारसँग बजेट सुनिश्चिताको प्रयास गर्नेजस्ता तयारीमा निर्वाचन आयोग जुटेको छ ।

निर्वाचन आयोगले गत साउन २८ गते प्रधानमन्त्रीसँगको छलफलमा अगामी मंसिर तेस्रो साता निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो ।

स्थानीय तह निर्वाचन ऐन २०७३ मा आयोगको सुझावका आधारमा सरकारले उपनिर्वाचनको मिति घोषणा गर्ने प्रावधान रहेको छ ।

आयोगले रिक्त रहेका स्थानीय तहलाई लक्षित गरी मतदाता नामावलीमा नाम दर्ता गर्न यसअघि नै आह्वान गरिसकेको छ ।

उप निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन हुने क्षेत्रमा मतदाता नामावलीमा नाम दर्ता स्वतः बन्द हुने कानुनी व्यवस्था छ ।

निर्वाचन आयोगका अनुसार हाल स्थानीय तहका ३५ पदाधिकारी रिक्त रहेका छन् ।

गाउँ पालिकाका अध्यक्ष २ जना, उपाध्यक्ष २ जना, प्रमुख र उपप्रमुख १–१ जना र वडाअध्यक्ष २९ जना गरी ३५ पद रिक्त रहेका छन् ।

कोशी प्रदेशअन्तर्गतको ग्रामथान गाउँपालिकाका अध्यक्ष र कर्णालीको महाबु गाउँपालिकाका अध्यक्षको पद रिक्त छ ।

त्यसैगरी किर्तिपुर नगरपालिका प्रमुख र कर्णालीका नलगाड नगरपालिकाका उपप्रमुख पद रिक्त रहेको छ ।

 

Untitled
Untitled
Untitled