२०८२ वैशाख १३ शनिवार | Saturday, Apr 26 2025

प्रतिनिधिसभाको बैठक बस्दै, टिआरसी विधेयक पारित गर्ने कार्यसूची

Untitled
Untitled
Untitled

काठमाण्डू, प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भएको छ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले “कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्” भनी प्रस्ताव गर्नुहुने संसद् सचिवालयले जनाएको छ ।

सोही बैठकमा “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्” भनी कानूनमन्त्रीले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
––

Untitled
Untitled
Untitled