काभ्रे, काभ्रेको चौंरी देउराली गाउँपालिका वडा नं ६ मा प्रेमप्रसाद गौतमले सञ्चालन गरेको प्रेम एग्रोभेटले बितरण गरेको मकैको बीऊबाट घोगा नलागपछि किसान मर्कामा परेका छन् ।
एउटा बोटबाट ३ घोगासम्म मकै फल्ने भन्दै एग्रोभेटका सञ्चालक गौतमले मकैको बीउ बेचेपनि पाक्ने बेलासम्ममा पनि एउटा घोगा पनि नलागेपछि किसान चिन्तित भएका हुुन् ।
धेरै मकै फल्ने आशामा बीउ लगेका किसान मकै पाक्न लाग्ने समयमा बोटै पहेंलो हुुँदै सुक्न थालेको किसान रुद्रप्रसाद गौतमको भनाइ छ ।
लाखौं लगानी गरेका किसानलाई कमसल बीउ बिजन बितरण गर्ने गौतमलाई कारवाही गर्नु पर्ने र किसानलाई क्षति पूर्ति भराउनु पर्ने माग भएको छ ।
किसान गौतमले कमसल बीउ बिजन बितरण गर्ने गौतमलाई स्थानीय तहले पनि कारवाही नगरेकोप्रति आक्रोश पोखेका छन् ।
सम्बन्धितले निकायले गौतमलाई कारवाही र किसानलाई क्षतिपूर्ति नदिए आन्दोलन गर्ने किसानको तयारी छ ।