काठमाण्डू, प्रधानमन्त्री केपी ओलीसँग भारतका विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार आइतबार दिउँसो विदेश सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका हुुन् ।
भेटमा नेपाल भ्रमणमा रहेको भारतीय प्रतिनिधि मण्डल र नेपालको परराष्ट्र मन्त्रालयका अधिकारीको उपस्थिति थियो। विदेश सचिव मिस्री दुईदिने भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइ पुगेका हुुन् ।