२०८१ असोज २२ मंगलवार | Tuesday, Oct 08 2024

नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव मिस्रीले राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीलाई भेट्ने

Untitled
Untitled
Untitled

कठमाण्डू, नेपालको दुई दिने औपचारिक भ्रमणका लागि भारतीय विदेश सचिव विक्रम मिस्री काठमाडौं आइपुगेका छन्।

आइतबार बिहान आइपुगेका उनलाई परराष्ट्र सचिव सेवा लम्सालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन्।

गत असार १४ गते भारतको विदेश सचिवमा नियुक्त भएका मिस्री पहिलो पटक नेपाल भ्रमणमा आएका हुन्।

यस्तो छ भ्रमण तालिका

उनी विमानस्थलबाट सिधै भारतीय दूतावास लैनचौर पुगेका छन्। त्यसपछि मिस्रीले राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्ने तालिका रहेको छ।

उनले २ बजे राष्ट्रपति रामचन्द्र पौडेल र ३ बजे प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने तालिका रहेको छ।

मिश्रीले आजै उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र अर्का उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल तथा गृहमन्त्री रमेश लेखकसँग पनि शिष्टाचार भेटवार्ता गर्ने तालिका रहेको छ।

आज बेलुकी परराष्ट्र सचिव लम्सालले मिस्रीलाई रात्रिभोज दिने छिन्।

भोलि (सोमबार) बिहान ११ बजे परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गर्नेछन्।

त्यसपछि बेलुका नै उनी भारत फर्कने छन्।

Untitled
Untitled
Untitled