२०८१ असोज २६ शनिवार | Saturday, Oct 12 2024

अमेरिकी षड्यन्त्रमा मलाई र शेख हसिनालाई सत्ताच्युत गरियो : अध्यक्ष दाहाल

Untitled
Untitled
Untitled

काठमाण्डू, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सैन्य साझेदारी कार्यक्रम (एसपीपी) मा सहभागी नहुने निर्णयका कारण आफूलाई सत्ताबाट हटाइएको दावी गरेका छन् ।

शनिबारदेखि जारी पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष दाहालले आफू र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई समान तरिकाले पदच्युत गरिएको दावी गरेका एक नेताले बताए ।

अध्यक्ष दाहालका अनुसार, हसिनाले अमेरिकी सेनाको अड्डा राख्न अस्वीकार गरेपछि उनलाई पनि सत्ताबाट हटाइएको थियो ।

अध्यक्ष दाहालले दक्षिण एसियामा अमेरिकी हस्तक्षेप बढेको चेतावनी दिँदै भविष्यका कदमहरू सावधानीपूर्वक चाल्नुपर्ने आवश्यकता औंल्याए ।

उनले राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी र देशभक्त शक्तिहरूसँग सहकार्य र पार्टी एकीकरणको योजना रहेको जानकारी दिए ।

बैठकमा अध्यक्ष दाहालले नेकपा (एकीकृत समाजवादी), नेकपा (विप्लव समूह), र जनता समाजवादी पार्टीलगायतका दलहरूसँग एकताको पहल भइरहेको उल्लेख गरे ।

उनले कांग्रेस र नेकपा एमालेसँगको गठबन्धनका कारण आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने तयारी गर्नुपर्ने बताए ।

Untitled
Untitled
Untitled