२०८१ असोज २६ शनिवार | Saturday, Oct 12 2024

धरानमा खानेपानी महसुल वृद्धिविरुद्ध प्रर्दशन जारी, मेयर साम्पाङको एकलौटी निर्णयको विरोध

Untitled
Untitled
Untitled
धरान, खानेपानी व्यवस्थापन बोर्डको बैठकसमेत नबसिकन प्रमुख एक्लैले खानेपानीमा ९ हजार ९ सय प्रतिशतसम्म महसुल वृद्धि गरेपछि धरानमा स्थानीयको प्रदर्शन चर्किएको छ । साउन ११ यता आन्दोलनरत स्थानीयहरू प्रमुख हर्क साम्पाङविरुद्ध आन्दोलनमा केन्द्रित भएका छन् । खानेपानी व्यवस्थापन बोर्डको बैठकसमेत नबसिकन प्रमुखले नै एकलौटी निर्णयमा साउन १ गतेदेखि लागू हुने गरी ११ प्रतिशतदेखि ९ हजार ९ सय प्रतिशतसम्म खानेपानीको महसुल वृद्धि गरेका थिए । महसुल वृद्धिविरुद्ध राजनीतिक दलहरूले सुरुमा ७२ घण्टे अल्टिमेटम दिए पनि प्रमुख साम्पाङले बेवास्ता गरे । अहिले स्थानीयको प्रदर्शन लम्बिँदै जाँदा स्थानीयवासीको प्रदर्शन अराजकतर्फ उन्मुख छ । बिहीबार धरान उपमहानगरको गेट अगाडि धर्ना दिन भेला भएका स्थानीयवासी, धरानका १० राजनीतिक दलसहित विद्यार्थीहरूले गेट तोडफोडको समेत प्रयास गरेका थिए । शुक्रबार पनि आन्दोलन जारी छ । आक्रोशित स्थानीय उपभोक्ताहरू जुत्ताको माला बनाएर ‘प्रमुख साम्पाङलाई लगाउने’ नगरपालिका कार्यालय बाहिर प्रदर्शनमा छन् । बिहीबार नगरपालिकाको गेट तोडफोडको प्रयास गर्दा केही विद्यार्थी र प्रहरीहरू घाइतेसमेत भएका थिए । गेट तोडफोड गर्ने विद्यार्थीहरूमाथि प्रहरीले लाठी चार्ज गरेको थियो । लाठी चार्जपछि भने घटनाले थप उग्ररूप लिएको थियो । प्रदर्शन नरोकिएपछि प्रमुख साम्पाङले छोटो सम्बोधन गर्दै साउन २७ गते आइतबार ११ बजे आन्दोलित पक्षहरूलाई वार्ताका लागि बोलाएका छन् । तैपनि आन्दोलन रोकिएको छैन । बिहीबार नै धरानका केही युवाहरूले खानेपानीको बिल काउन्टरमा तालाबन्दी गरेका छन् । धरान ११, १५ र १६ नम्बर वडाको खानेपानीको बिल काउन्टरमा तालाबन्दी गरिएको छ । आन्दोलनको बिउ- हर्क साम्पाङ धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष भनेर दाबी गर्ने प्रमुख साम्पाङले एकलौटी रूपमा चालू आर्थिक वर्षबाट लागू हुने गरी खानेपानी महसुल वृद्धि गरेका थिए । खानेपानी व्यवस्थापन बोर्डको बैठकसमेत नबसिकन प्रमुखले नै एकलौटी निर्णयमा साउन १ गतेदेखि लागू हुने गरी ११ प्रतिशतदेखि ९ हजार ९ सय प्रतिशतसम्म खानेपानीको महसुल वृद्धि गरेका थिए । महसुल वृद्धिविरुद्ध राजनीतिक दलहरूले सुरुमा ७२ घण्टे अल्टिमेटम दिए पनि प्रमुख साम्पाङले बेवास्ता गरे । धरानमा २०७४ सालमा कायम भएको खानेपानीअन्तर्गतका भिन्न शुल्क र हाल कायम भएको नयाँ शुल्कमा ४० रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म वृद्धि गरेको पाइएपछि विरोध जनाउन बाध्य भएको दलका प्रतिनिधिहरूले बताउँदै आएका छन् । महसुल वृद्धिअनुसार नयाँ धारा जडानमा पाँच हजार रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म वृद्धि गरिएको छ ।
Untitled
Untitled
Untitled