२०८१ मंसिर १७ सोमवार | Monday, Dec 02 2024

कार्यदलले बुझायो शीर्ष नेतालाई संक्रमणकालीन न्याय टीआरसीसम्बन्धी प्रतिवेदन

Untitled
Untitled
Untitled
काठमाण्डू, प्रधानमन्त्री केपी ओलीसहित शीर्ष नेताहरूलाई सङ्क्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले प्रतिवेदन बुझाएको छ । बुधबार बिहान सिंहदरबारमा प्रधानमन्त्री ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल लाई उक्त प्रतिवेदन बुझाएको हो । यद्यपि, कार्यदलले गत बिहीबार सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा प्रमुख तीन दलहरूबिच सहमति जुटाइसकेको छ । उक्त सहमतिको प्रतिवेदन आज प्रधानमन्त्रीसहित शीर्ष नेतालाई बुझाइएको हो । गत बिहीवार तीन दलका तीन शीर्ष नेता, कानून समितिका सभापति र कानून मन्त्रीबिच भएको छलफलमा विवादित सबै विषयमा सहमति जुटेको थियो । सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टिआरसी), २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा कार्यदलका सदस्यहरूबिच सहमति भएको हो । साथै पीडितलाई केन्द्रमा राखेर, सर्वोच्चका नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानूनसँग नबाझिने गरी सहमति गरिएको हो । यसलाई चालू संसदबाटै विधेयक पारित गरेर अघि बढाइने छ । सङ्क्रमणकालीन न्यायका मुद्दाहरू सबै पीडितले न्याय पाउने र पीडकलाई कानूनको दायरामा ल्याउने बताइएको छ ।
Untitled
Untitled
Untitled