पूर्वमन्त्री खानले गुलरियाका दलित तथा विपन्न विद्यार्थीलाई बाँडे शैक्षिक सामाग्री
Sanchargram
२०८१ साउन २२ मंगलवार ०८:०१
427
shares
वर्दिया, पूर्वमन्त्री अब्दुल खानले बर्दियाका सय बढी विपन्न छात्रालाई शैक्षिक सामाग्री प्रदान गरेका छन् ।
गुलरियामा जनमत पार्टीले सोमबार आयोजना गरेको कार्यक्रममा सांसद खानले १ सय ७ छात्रालाई शैक्षिक सामग्री बाँडेका हुन् ।
विभिन्न १० विद्यालयमा अध्ययनरत दलित तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।
जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष समेत रहेका खानले विपन्न विद्यार्थीलाई पढाईमा आकर्षित गराउन शैक्षिक सामाग्री वितरण गरिएको बताए ।
खानले शिक्षामा लगानी नगरेसम्म सभ्य समाज नबन्ने भएकाले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिइने बताए ।
उनले निकट भविष्यमा बिद्यार्थीका लागि बिशेष योजना बनाएर वालवालिकाको भविष्य निर्माणमा जोड दिइने बताए ।
कार्यक्रममा सहभागी बिधार्थीले गीत मार्फत स्वागतसंगै शैक्षिक सामग्री प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा जनमत पार्टीका अन्य नेतासहित सयौंको उपस्थिति रहेको खानका निजी सचिव