काठमाडौँ–तराई द्रूतमार्गमा आउने समस्या समाधानका लागि सरकार प्रतिबद्ध : प्रधानमन्त्री ओली
Sanchargram
२०८१ साउन २१ सोमवार १३:२९
357
shares
काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले काठमाडौँ–तराई द्रूतमार्गमा आउने समस्या समाधानका लागि सरकार प्रतिबद्ध भएको बताएका छन्।
सोमबार सोही द्रूतमार्ग अन्तर्गतको धेद्रे सुरुङ मार्गको ब्रेक थ्रुपछि सम्बोधन गर्दै ओलीले काम छिटो अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन पनि दिएका छन्।
‘यस मार्गमा आउने बाधा व्यवधान समाधान गर्न सरकार तयार छ,’ ओलीले भने, ‘पहिले पनि मैले नै नेपाल आफैँले बनाउनुछ भनेर घोषणा गरेर बजेट समेत छुट्याएको थिएँ।’
उनले खोकनाको जग्गामा राजनीतिमा मात्रै नभई अरु नै चिज पनि मिसिएको दाबी गरे।
‘खोकनाको जमिनमा पोल्टिक्स मात्रै होइन अरु पनि के के चिज मिसिएको छ हामी बुझिरहेका छौँ,’ ओलीले भने।
ब्रेक थ्रु कार्यक्रममै सम्बोधन गर्ने क्रममा प्रधानसेनापति प्रभुराम शर्माले खोकनाको जग्गामा राजनीति भइरहेको बताएका थिए।