२०८१ माघ ४ शुक्रवार | Friday, Jan 17 2025

नेपालका कम्युनिस्ट पार्टीहरू सत्ताका लागि कल्पना नै गर्न नसकिने गरी गिरे : अध्यक्ष यादव

Untitled
Untitled
Untitled

काठमाण्डू, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिस्ट पार्टीहरू सत्ताका लागि कल्पना नै गर्न नसकिने गरी गिर्ने गरेको टिप्पणी गरेका छन् ।

सत्ता, भत्ता, पैसा र पदलाई साम्यवाद हो भन्ने ठान्ने काम समेत नेपालका कम्युनिस्ट पार्टीका नेताहरूले गरेको उनको जिकिर छ ।

पुष्पलाल स्मृति प्रतिष्ठानले शनिवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सत्ताका लागि कम्युनिस्टहरू राजावादीसँग पनि सहकार्य गर्ने गरेको बताए ।

कम्युनिस्ट दर्शन र चिन्तन हराएपछि नेपालका कम्युनिस्ट पार्टीहरूमा अवसरवाद मात्रै बाँकी रहेको उनको भनाई थियो ।

अध्यक्ष यादवले सही बाटोमा रहेका केही कम्युनिस्ट पार्टीहरूले भने मुलुकमा दुःख पाउनुपरेको बताए ।

उनले भने, ‘अहिलेको कम्युनिस्ट साथीहरू नरिसाउनु होला । अहिलेका कम्युनिस्ट पार्टीका नेताहरूलाई हेर्छु म उहाँहरूले सत्ता, भत्ता, पैसा, पद नै साम्यवाद हो भन्ने ठान्नुभएको छ ।

र, त्यसको दौडमा यतिसम्म गिर्दछन् कि कल्पना नै गर्न सकिँदैन । त्यो युग अहिले आएको छ । कुनै पनि काम बाँकी नछोड्ने ।

राजावादीसँग पनि एकता गर्ने, गरेकै हो । के का लागि रु सरकारका लागि । त्यो पनि दुई दिनको सरकारका लागि ।

राजवादी पनि चलेकै छ, कांग्रेस पनि चलेकै छ । अर्को पनि चलेकै छ । जोसँग पनि चलेकै छ ।

नेपालका कम्युनिष्टहरुमा को सही हो, को गलत हो ? छुट्ट्याउनै गाह्रो छ । तर, जो सही बाटोमा हुनुहुन्छ, उहाँहरूले दुःख पाइराख्नु भएको छ ।’

अध्यक्ष यादवले कम्युनिस्ट पार्टीहरूमा देखिएको अवसर नै समाजवाद निर्माणको लागि बाधकको रूपमा देखिएको दावी समेत गरे ।

Untitled
Untitled
Untitled