२०८१ मंसिर १६ आइतवार | Sunday, Dec 01 2024

जहाज दुर्घटनापछि भीमेश्वरमा गरियो क्षमापूजा, प्रजिअको नेतृत्वमा भएको पूजाको प्रसाद राष्ट्रपति कार्यालयमा

Untitled
Untitled
Untitled

चरिकोट, दोलखाको भीमेश्वर मन्दिरमा रहेको शिला (चट्टान) मा गत साउन ५ र ९ गते ‘पसिना’ आएपछि शुक्रबार क्षमापूजा गरिएको छ ।

राष्ट्र प्रमुखका तर्फबाट शुक्रबार देश र जनतालाई कुनै क्षति नहोस् भन्ने कामनाका साथ शुक्रबार बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म क्षमापूजा गरिएको हो ।

९ गते काठमाडौंमा सौर्य एअरको जहाज दुर्घटना भएको थियो । सो दुर्घटना पसिनाले गरेको संकेतको रूपमा कतिपयको बुझाइ छ । यसअघि पसिना आउँदा पनि मुलुकमा ठूला घटना भएका थिए ।

आज होम यज्ञ, ग्रह शान्ति, लघुरुद्री पूजा, बली तथा हवन, मंगल शान्तिलगायतका पूजा गरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए ।

उनका अनुसार, राष्ट्रपति कार्यालयबाट पठाइएको सामग्रीबाट शुक्रबार क्षमापूजा गरिएको हो । जसका लागि राष्ट्रपति कार्यालयबाट दुईजना प्रतिनिधि भीमेश्वर मन्दिरमा पुगेका थिए ।

प्रजिअ पोखरेलको नेतृत्वमा भएको पूजामा पुजारीहरू सहभागी थिए । उनका अनुसार, पूजाको प्रसाद राष्ट्रपति कार्यालय पठाइनेछ ।

भीमेश्वर मन्दिरमा असार ५ गते शनिबार दिउँसो १ः४७ देखि ३ः१५ सम्म र बुधबार दिउँसो १२ः४५ देखि ३ः१३ सम्म ‘पसिना’ आएको थियो ।

यहाँका स्थानीयका अनुसार, भीमेश्वरको शिलाबाट ‘पसिना’ आएपछि ठूलै परिवर्तनको संकेतका रूपमा लिने जनविश्वास छ । कतिपयले त भीमेश्वर मन्दिरबाट ‘पसिना’ आए अनिष्ट हुने पनि बताउँछन् ।

भीमेश्वरको शिलामा १९९०, २००७, २०२८, २०४५, २०६३, २०७१, २०७४ मा पनि ‘पसिना’ आएको बताइन्छ । त्यसपछि अनिष्ट हुने विश्वास छ ।

Untitled
Untitled
Untitled