२०८१ असोज २६ शनिवार | Saturday, Oct 12 2024

विमान दुर्घटनामा ज्यान गुमाउनेको शव आफन्तलाई जिम्मा लगाउन सुरु, को–पाइलटसहित पाँच शव आफन्तले बुझे

Untitled
Untitled
Untitled

काठमाण्डू, सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरूको शव आफन्तलाई जिम्मा लगाउन सुरु भएको छ ।

विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये हालसम्म पाँच शव परिवारले बुझेका छन् । शुक्रबार त्रिवि शिक्षण अस्पताल परिसरबाट पाँच शव परिवारले बुझेका हुन् ।

उद्धव पुरी, अश्मिन निरौला, श्याम विन्दुकर, राजाराम आचार्य र को–पाइलट सुशान्त कटवालका परिवारले शव बुझेका छन् ।

दुई शव परिवारले भोलि बिहान बुझ्नेगरी प्रक्रिया पूरा भएको छ ।

त्रिवि शिक्षण अस्पतालले ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणाली’बाट सबैको पोस्टमार्टम रिपोर्ट सम्पन्न गरेपनि केही आफन्तबाहेक अरूले शव बुझिसकेका छैनन् ।

केही आफन्तले बिमालगायतको विषय नटुंगिएसम्म शव जिम्मा नलिने अडान लिएका हुन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे नजिकै सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा हुँदा १८ जनाको मृत्यु भएको थियो ।

सोही दिन उनीहरुको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको थियो ।

शवको त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा. गोपालप्रसाद चौधरीसहितको २५ जना टोलीले पोस्टमार्टम गरेको हो ।

Untitled
Untitled
Untitled