काठमाण्डू, नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार दिउँसो बसिरहेको बैठकमा समसामयिक विषय, पछिल्लो राजनीति घटनाक्रम र सरकारबाट बाहिरिनु पर्नाको कारणबारे अध्यक्ष पुस्पकमल दाहालले ब्रिफिङ गरेका छन्।
१८ महिना सरकारको नेतृत्व गरेर असार २८ गते बाहिरिएपछि माओवादीको पहिलोपटक पदाधिकारी बैबैठक बसेको हो।
यो बैठकले पार्टी निर्माणलाई प्राथमिकता दिन लागेको नेताहरूको भनाई छ। पदाधिकारी बैठकमा नेताहरूले बोल्ने क्रम जारी छ।