काठमाण्डू, संसद बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।
बैठकमा सांसदहरुले उठाएको प्रश्नको विभागीय मन्त्रीले जवाफ दिने कार्यसूची छ । बैठकको कार्यसूची अनुसार विभागीय मन्त्रीहरूले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन लागेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् ।
बैठकमा सभामुखले संयुक्त समितिअन्तर्गतको संसदीय सुनुवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।
सभामुखले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ ।