२०८१ माघ ४ शुक्रवार | Friday, Jan 17 2025

पहिरो हटाएपछि मुग्लिन-काठमाडौँ सडकमा दुईतर्फी नै चल्न थाले सवारी साधन

Untitled
Untitled
Untitled

चितवन, चितवनको फिस्लिङमा पहिरो हटाएपछि सवारी साधन सञ्चालनमा आएका छन्।

आज बिहान पौने पाँच बजे पहिरोले अवरुद्ध भएको मुग्लिन काठमाडौँ सडक केही बेरअघिबाट सञ्चालमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनकी इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन्।

सोमबार बिहान पौने पाँच बजे चितवनको इच्छाकामना ६ फिस्लिङ भन्ने ठाउँमा लेदोसहितको पहिरो खस्दा दुईतर्फी नै सडक अवरुद्ध भएको थियो।

‘पहिरो हटाएपछि अहिले दुईतर्फी नै गाडी गुडिरहेका छन्,’ इन्सपेक्टर भण्डारीले भनिन्। पहिरोले रोकिएका सयौँ सवारी साधन आ आफ्नो गन्तव्यतिर लागेका छन्।

Untitled
Untitled
Untitled