२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

Untitled
Untitled
Untitled

काठमाण्डू, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज बिहान साधरणतया देशभर बदली रही मधेश, बागमती, गण्डकी प्रदेशका केही र कोशी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी प्रदेशको एक/दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ ।

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

ती क्षेत्रमा बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम रहेकाले त्यसबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

Untitled
Untitled
Untitled