२०८२ जेठ २ शुक्रवार | Friday, May 16 2025

माओवादी निकट युवाले हाले प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध रिट, देउवालाई प्रधानमन्त्री बनाउन जिकिर

Untitled
Untitled
Untitled

काठमाण्डू, संविधानको धारा ७६(३)बमोजिम सरकार गठन हुनुपर्ने माग गर्दै प्रधानमन्त्रीमा केपी ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको छ ।

रिट दर्ताको क्रममा रहेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले बताए ।

निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति रामचन्द्र पौडेलले धारा ७६(२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए ।

माओवादी निकट युवाहरू खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले संयुक्तरुपमा रिट दायरका लागि सर्वोच्च पुगेका हुन् ।

प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि धारा ७६ (३) अनुसार बनाउनुपर्ने उनीहरूको जिकिर छ । पहिलो ठूलो दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा छन् ।

 

Untitled
Untitled
Untitled