२०८१ चैत ६ बुधवार | Wednesday, Mar 19 2025

काठमाडौंमा संगठित अपराधमा सक्रीय सहकारीका सञ्चालकहरु

अपहरण, फिरौती, लुट र अपारधिक लाभमा सहकारीका नेताहरु सक्रिय

Untitled
Untitled
Untitled

काठमाडौ । सर्वसाधारणको अरबौं बचत रकम अपचलन गरी ठूला भनिएका सहकारीहरुबाट लाखौं सर्वसाधारण पीडित भईरहेको अवस्थामा सहकारीका सञ्चालकहरु स्वयं संगठित अपराधमा समेत सम्लग्न हुने गरेको पाईएको छ ।

हालै एउटा यस्तै घटना काडमाडौंको नैकापमा कार्यालय भएको ‘तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्था’का अध्यक्ष र संचालकहरुबाट भएको छ ।

उक्त सहकारीका अध्यक्ष मनोजकुमार थापा मगरले सहकारीको ऋण लगेर नतिरेको बहानामा सुरेन्द्र ओझा, गुरु खतिवडा र लेखनाथ ढकाललाई कार्यालयमा बोलाएर कुटपिट गरेका छन् ।

गत जेठ २१ गते अपरान्ह निजहरुलाई नैकापमा बोलाएर दुई लाख रुपैंया समयमा नतिरेको भन्दै ओझा, खतिवडा र ढकाललाई रातको एक बजेसम्म नियन्त्रणमा लिई जवरजस्ती अठार लाखको तमशुक गराई पाँचलाखको चेकमा समेत हस्ताक्षर गराएका छन् ।

सहकारीका अध्यक्ष थापा सहित सञ्चालक तुलसी सापकोटाको नेतृत्वमा दिपेन राई, रोहित दियाली, किरण पौडेल, सुभाष महत र कृष्ण भूजेल सहितको संगठित समूहले आफुहरुलाई सहकारीको कार्यालयमा बोलाई अपहरण शैलीमा बन्धक बनाएको र शारीरिक तथा मानसिक यातना दिई रातको एक बजेसम्म कोठामा थुनेर राखेको पीडित गुरु खतिवडाले बताए ।

आफूले लिएको र चलाएको रकम नभए पनि आफ्नाे नाममा लिएको रेकर्ड भएकाले दोब्बर रकम तिर्ने तर जबरजस्ती गराएको कागज, लुटेर लगेको गाडी र चेक फिर्ता गराउनु पर्ने कुरा अनुसार रकम लिएर जाँदा गत असार ५ गते सुरेन्द्र ओझा र गुरु खतिवडालाई शक्त यातना दिई फेरि बन्दी बनाएका थिए ।

सहकारीले नयाँ तससुक बनाएर पहिले नै लुटेर लगेको ओझाको नाममा रहेको बा. १६ च ८३९० नम्बरको कार समेत कब्जा गरी ज्यान मार्ने धम्कि दिएका हुन ।

उता पीडितको नामको कार समेत जवरजस्ती उठाएर यातायात कार्यालयमा लगि उनीहरुका नाममा पास गराएका छन् ।

यसरी पटक पटक ज्यानको धम्कि आएपछि पीडितहरुले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शान्तिसुरक्षा कायम गरिपाउँ भनेर निवेदन दिएका थिए ।

प्रशासनले आवश्यक कारबाहीका लागि काठमाडौ प्रहरी परिसरलाई लेखेर पठायो । प्रहरीले सामान्य रकम लेना देनाको विषय तर अपहरण, फिरौती, लुट, जबरजस्ती गर्ने कानून हातमा लिएर संंगठित रुपमा सञ्चालन गरिएको अबैध अखडाको बारेमा प्रहरीलाई सूचना भएको पीडितहरुले बताएका छन् ।

तर, काठमाडौ पुलिसले सामान्य लेनादेनाको विषयका रुपमा यो घटनालाई वेवास्था गरेको पीडितहरुको भनाई रहेको छ ।

यसरी सहकारीका सञ्चालकहरु राजनैतिक पहुँचका भरमा आम नागरिकलाई जवरजस्ती बन्दी बनाएर याताना दिने, मिटर ब्याजको कागजमा सही गराउने, अपरहणकै अवस्थामा जग्गा, गाडी र अन्य सम्पत्ति पास गराउने कागज बनाउने र कब्जाकै अवस्थामा पास गराउने अपराधिक गिरोेह संगठित रुपमा सक्रिय रहेको पाइएको छ ।

यस्तो अपराधिक समुहको नेतृत्व सहकारीका नेताहरुबाट सञ्चालित रहेको अवस्थामा स्थानीय बचतकर्ताहरु त्रसित र भयभित हुने गरेका छन् ।

सहकारीको रकम अबैधानिक रुपमा अपचलन गर्ने सञ्चालकका कारणले बचतकर्ताहरुको रकम दिन नसकेका सहकारीका सञ्चालकहरु संगठित र संरक्षित रुपमा कानून हातमा लिएर कुटपिट, अपहरण, मिटरब्याज असुली, सम्पत्ति लुट जस्ता क्रियाकलाप सञ्चालन गरिरहेको भेटिएको छ ।

सुचना पाएर पनि स्थानीय प्रहरी प्रशासनले कार्वाहीको तदारुकता नदेखाउँदा पीडितहरु झनै पीडित बनेका छन् ।

अपराधिक समुहका मानिसहरु नै राजनीतिक पार्टीका संगठनमा अगुवा जस्ता रहनुले कतै राजनीतिक र प्रशासनको संरक्षणमा यि काम भइरहेका त छैनन् भन्ने प्रश्न स्थानीय बासीहरुले उठाउन थालेका छन् ।

सहकारीहरुका पीडित सदस्यहरु यो समूहको आतंकबाट पीडित भइरहेको घटनाहरु पनि प्राप्त भएका छन् ।

सहकारीको आवरणमा हुने यस्ता क्रियाकलापमा कथित सहकारीका सञ्चालकहरु चोखा तर केही सानो रकम ऋण लिएर भाखामा तिर्न नसकेका सदस्यहरु अपराधी ठानेर जाने हो भने यो ठूलो समस्याका रुपमा आउने देखिन्छ ।

सञ्चालकहरुले गरेको मनोमानी र अपचलनले एकातिर बचतकर्ताहरुको बचत जोखिममा छ भने सञ्चालकहरुको धाकधम्की र त्रासले सर्वसाधारण भयभित बनेका छन् ।

पीडित ओझासँग संम्पर्क गर्दा सहकारीको लागि आफूले गरेको जीवनभरीको योगदान यसरी नै भोगियो भन्छन् ।

पैसा तिर्नु पर्ने थियो भने त्यसको कुरा गर्ने तरिका हुन्थो होला, लुटपाट, अपहरण र यातना दिने काम त्यसमा पनि सहकारी संस्थामा यो अपराधिक काम हो ।

यसमा अपराधिक कामको नेतृत्व गर्ने पार्टी सम्बद्ध निकायमा गुनासो गरियो । तर, विभिन्न राजनैतिक दलमा समेत उनिहरुकै दवदवा र हालिमुहाली देखिएको छ ।

प्रहरी प्रशासनले समेत घटनालाई वेवास्ता गर्ने गरेको स्थानीयहरुको अनुभूति रहेको छ ।

पुलिस प्रशासनलाई गुहारियो, झारा टार्ने बाहेक केही हुने महसुस गरिएन पीडित ढकालले भने । उनी भन्छन् अब, सरकार र न्यायिक निकायमा जानुको बिकल्प छैन ।

हाम्रा प्रतिनिधि काठमाडौ प्रहरी परिसरमा पुगेको बेला चर्चामा रहेको यो घटना सामान्य झै लागेको थियो ।

तर, दूईलाख रकम साथिभाइको सल्लाहमा लिएर बनाइएको कागजलाई आधार बनाएर साथमा रहेको नगद लुट्ने, गाडी लुट्ने, जवरजस्ती बैंक चेक बनाउन लगाएर लिने घटनाले यसका बारेमा खोजविनको तहसम्म पुर्याएको देखिन्छ ।

सहकारीका अध्यक्ष थापाले आफ्नै कानून लागू हुने अखडा बनाएर भएको घटना स्थानीय अधिकारी र काठमाडौ प्रहरी परिसरमा पुगेपछि अपराधिक यो समुहको पर्दापास भएको हो ।

अन्य सहकारीहरुका पीडित सदस्यहरु यो समूहको आतंकबाट पीडित भइरहेको घटनाहरु पनि प्राप्त भएका छन् ।

सहकारीको आवरणमा हुने यस्ता क्रियाकलापमा कथित सहकारीका सञ्चालकहरु चोखा तर केही सानो रकम ऋण लिएर भाखामा तिर्न नसकेका सदस्यहरु अपराधी ठानेर जाने हो भने यो ठूलो समस्याका रुपमा आउने छ ।

Untitled
Untitled
Untitled