२०८१ जेठ १० बिहीवार | Thursday, May 23 2024

युवायुवतीको प्रेम सम्बन्धका बिषयलाई लिएर कारण धनुषामा प्रहरी र स्थानीयबीच झडप, अश्रुग्याँस प्रहार

जनकपुरधाम, युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

केटा र केटी समूहबीच विवाद उत्पन्न भएपछि प्रहरीले परिस्थिति नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।

केटी समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेको थियो । प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा अवरुद्ध गर्ने पक्ष प्रहरीसँग भिड्न आएको हो ।

स्थिति नियन्त्रणमा लिन दर्जन सेल अश्रुग्याँस प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

घटनास्थलको अवस्था अहिले पनि तनावपूर्ण रहेको बताइएको छ । केटी भगाएको भन्दै केटा पक्षमाथि मुद्दा चलिरहेको छ ।

पाँच जनालाई नियन्त्रणमा लिएर अपहरण तथा शरीर बन्धक मुद्दा पनि चलाएको प्रहरीले जनाएको छ ।

युवतीहरूको खोजतालास जारी रहेको बताइएको छ । युवतीका आफन्तहरूले सडक अवरुद्ध गरेका हुन् ।