२०८२ वैशाख २९ सोमवार | Monday, May 12 2025

काँग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

Untitled
Untitled
Untitled

काठमाडौँ, सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङको निलम्बनसम्बन्धी निर्णय फुकुवा गरेको छ ।

सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयका अनुसार निलम्बनसम्बन्धी सर्वोच्च अदालतको उत्प्रेषणको आदेशद्वारा बदर गरिएसँगै सदस्य गुरुङको निलम्बन फुकुवा भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम विशेष अदालतमा मुद्दा दायर गरिएकोपछि निलम्बनमा परेका सांसद गुरुङ सर्वोच्च अदालतको आदेशसँगै फुकुवा भएका हुन् ।

मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङ २०७९ पुस १२ गतेदेखि निलम्बनमा परेका थिए ।

रासस

 

Untitled
Untitled
Untitled