२०८२ जेठ २ शुक्रवार | Friday, May 16 2025

निर्दोष भए छानबिन समिति बनाउन किन मान्नु भएन ? : प्रदीप पौडेल

Untitled
Untitled
Untitled

काठमाडौं, नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने आफ्नो मागबाट कांग्रेस पछि नहटेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाली कांग्रेसका छानबिन समिति निर्माण गर्ने अडानबाट पछि नहट्ने स्पष्ट पारे ।

उनले छानबिनका लागि निर्दोष छु भन्नेहरू छानबिन समिति बनाउन किन तयार नहुनुभएको ? भन्दै प्रश्न गरे ।

उनले दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अप्ठ्यारो ? भन्ने प्रश्न गरे । उनले कुनै पनि घटना विशेषको सत्य तथ्य खोजिनुपर्ने बताए ।

उनले प्रश्न उठ्दैमा र आरोपहरू लाग्दैमा कोही दोषी हुन्छ भन्ने नभए पनि आरोप लागिसकेपछि सत्य तथ्य छानबिन गर्ने काम सरकारको भएको बताए ।

उनले सरकारले सुशासन कायम गर्न सुशासनका सबै मान्यतालाई अङ्गीकार गर्नुपर्ने बताए ।

उनले भ्रष्टाचार अन्त्य गर्न र सुशासन कायम गर्न आजसम्म भएका अनियमितताको छानबिन अपरिहार्य भएको बताए ।

उनले भने, ‘कुनै पनि घटना विशेषको तथ्य सत्य के हो ? भन्ने कुरा खोजिनुपर्छ । प्रश्न उठ्दैमा आरोपहरू लाग्दैमा कोही दोषी हुन्छ भन्ने होइन ।

तर, आरोप लागिसकेपछि त्यसको छानबिन गर्ने, सत्य तथ्य बाहिर ल्याउने काम सरकारको हो । सरकारले सुशासन कायम गर्ने हो भने सुशासनका सबै मान्यतालाई अङ्गीकार गरेको हुनुपर्छ ।

प्रश्न आफूलाई उठ्यो, त्यो कुराको वास्ता नगर्ने र अरूलाई प्रश्न उठाउने कुरा मात्रै सरकारमा बसेर स्वाभाविक हुन सक्दैन । सुशासन पहिलो चाहना र आवश्यकता हो । सुशासनका लागि भ्रष्टाचार अन्त्य गर्नुपर्छ ।

भ्रष्टाचार अन्त्य गर्न आजसम्मका जति पनि घटना छन्, काण्डहरू छन्, त्यसको छानबिन हुनुपर्छ, सत्य तथ्य बाहिर ल्याउनुपर्छ । निष्पक्ष ढंगले छानबिन हुने स्थिति हामीले सिर्जना गर्नुपर्छ ।’

सांसद पौडेलले सरकारको संयन्त्र विश्वसनीय नभएकै कारण यसअघिका प्रकरणहरूमा पनि संसदीय छानबिन समितिहरू बन्ने गरेको जिकिर गरे ।

Untitled
Untitled
Untitled