काठमाडौं, पश्चिमी र स्थानीय वायुको प्रभावका कारण आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।
बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहकोे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।
पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।
महाशाखाका अनुसार आज राति कोसी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।
कोसी र गण्डकीसहित देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३१ दशमलव २ डिग्री पुग्ने अनुमान गरिएको छ ।