काठमाडौं, हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।
यतिबेला ( शनिबार बिहान )गण्डकी र कर्णाली प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ।
बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कर्णाली प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। बाँकी भू-भागको मौसम आंशिक बदली रहने अनुमान छ।
गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागको थोरै स्थानमा र बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा दिउँसो मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।
त्यसैगरी आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दई स्थानमा हल्का हिमपातको सम्भावना छ भने गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा बाँकी तराई भू-भागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। बाँकी भू-भागमा आंशिक बदलीको अवस्था रहने छ।
राति पनि गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।
राति कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
कस्तो रहला आइतबार र सोमबारको मौसम ?
२०८० चैत २५ गते ( आइतबार )
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बांकी पहाडी भू-भागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
मधेश प्रदेश लगायत लुम्बिनी र गण्डकी प्रदेशको तराई भू-भागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।
राति स् देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
मधेश प्रदेश लगायत कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।
२०८० चैत २६ गते ( सोमबार )
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
देशको पहाडी भू-भागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति : कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक रहि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी पहाडी भू-भागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा बाँकी तराई भू-भागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।