२०८१ असार ३१ सोमवार | Monday, Jul 15 2024

अधिकांस पहाडी भेगमा वर्षा, पूर्व देखि सुदूरपश्चिम सम्मै आंशिक बदली

Nabil Bank

काठमाडौं, आज देशभर आंशिक बदली हुनेछ । सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि समान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावनो छ ।

आज राति कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली हुनेछ ।

कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थान तथा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३१ डिग्री पुग्ने अनुमान गरिएको छ ।