काठमाडौं, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ ।
गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन सहित हल्का वर्षाको भइरहेको छ ।
दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू–भागमा आंशिक देखि मुख्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानका साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना छ ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री ७ सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३० दशमलव ८ डिग्री पुग्ने अनुमान गरिएको छ ।