२०८० फागुन १० बिहीवार | Thursday, Feb 22 2024

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि

काठमाडौं, सत्तारुढ दल नेकपा ( माओवादी केन्द्र)  को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

आइतबारबाट काठमाडौँमा सुरु भएको बैठकमा आज समसामयिक राजनीति र यसअघि पार्टीले सञ्चालन गरेको चार महिने अभियानको समीक्षा गरिने कार्यसूची छ ।

माओवादीले माओवादीले गत भदौंदेखि ‘जनतासँग माओवादी विशेष अभियान’ संचालन गरेको थियो ।

हिजोको बैठकमा प्रदेश इन्चार्ज र अध्यक्षले चार महिने अभियानको समीक्षात्मक रिपोर्ट पेस गरेका थिए । त्यही रिपोर्टमाथि बैठकमा समीक्षा हुने भएको हो ।

त्यस्तै, बैठकमा समसामयिक राजनीति, पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि हुने विधान सम्मेलनबारे छलफल हुने बताइएको छ ।