काठमाडौ, संघीय संसदअन्तर्गत आज पनि राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ ।
बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७९/८० पेस, ‘सम्पति शुद्धीकरण ( मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्,’ प्रस्ताव प्रस्तुत, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।