विराटनगर, कोशीका मुख्यमन्त्री केदार कार्कीले माओवादी र कांग्रेसका नेताहरू समेटेर दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
उनीहरूलाई अहिले केहीबेरमा मुख्यमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदैछन् ।
स्वास्थ्यमन्त्रीमा कांग्रेसका प्रदीप सुनुवार, सामाजिक विकासमन्त्रीमा माओवादीका राजेन्द्र कार्की, उद्योग, कृषि तथा सहकारीमन्त्रीमा कांग्रेसका रामकुमार खत्री र खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादीका नारायणबहादुर बुर्जामगरलाइ मुख्यमन्त्री कार्कीले नियुक्त गरेका हुन् ।
उनले दुई जना कांग्रेसका सांसदलाई राज्यमन्त्रीसमेत नियुक्त गरेका छन् । उनीहरूलाई अहिले केहीबेरमा प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदैछन् ।
आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानून राज्यमन्त्रीमा सुनिताकुमारी गुरुङ राम नियुक्त भएका हुन् ।
यसअघि आन्तरिक मामिला तथा कानूनमन्त्रीमा शम्शेर राई, पर्यटन, वन तथा वातावरणमन्त्रीमा गणेश उप्रेती र भौतिक पूर्वाधार विकासमन्त्रीमा कमलप्रसाद जबेगुलाई नियुक्त गरिसकेका छन् ।