२०८० फागुन १० बिहीवार | Thursday, Feb 22 2024

नयाँ दलबाट पनि संविधानमाथि प्रहार भयो : महामन्त्री थापा

काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ राजनीतिक दलहरूबाट पनि संविधानमाथि प्रहार भइरहेको आरोप लगाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनले निर्वाचनमा भाग लिएको जस्तो देखिए पनि इतिहासलाई मेटाउने, संघर्षका दिनलाई मेटाउने काममा लागेको बताए ।

जसले हेर्दै गर्दा संविधान मानेको जस्तो देखिन्छ,’ शुक्रबार कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्‍घाटन गर्दै थापाले भने ।

थापाले आफू जादुगर हुँ भन्दै आउने लोकरिजाँइको राजनीति गरेर संविधानमाथि निरन्तर प्रहार गरिरहेको बताए । उनले संविधानमाथि प्रहार गर्नेहरूलाई चिनेर चिरफार गर्नुपर्ने बताए ।

थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति पनि लक्षित गर्दै विगतको अँध्यारोको बारेमा चर्चा गरेर अहिलेको कामलाई ओझेलमा पार्ने काम गरिरहेको आरोप लगाए ।

‘आज हाम्रो संविधानमाथि आएका प्रहार कहाँबाट आएका छन् । एउटा प्रहार र कोण छ, त्यो नयाँ, नचिनेको र नहराएको पात्र होइनन् ।

तिनको हातबाट खोसेर जनताको यो संविधान बनाएका हो । तीनलाई यो व्यवस्था मन पर्दैन भन्ने राम्रोसँग थाहा छ । तिनीहरू हिजोको अँध्यारोको बारेमा चर्चा गर्दछन् भन्ने पनि राम्रोसँग थाहा छ ।

त्यो पुनःरुत्थानवादी प्रवृत्ति हिजो पनि थियो, आज पनि छ र त्यसलाई हामीले चिन्नुपर्छ । योसँगै अर्को एउटा प्रवृत्ति आएको छ ।

उनले कांग्रेसलाई देशमा संकट छ भन्ने छुट नरहेको बताए । थापाले देश सम्हाल्ने काम कांग्रेसको भएको बताए । उनले सुशासनलाई पार्टीले मन्त्र बनाएर अघि बढ्नुपर्ने बताए ।