२०८१ माघ ४ शुक्रवार | Friday, Jan 17 2025

त्रिवि उपकुलपतिका लागि १४ जनाको नाम ‘सर्ट लिस्ट’मा

Untitled
Untitled
Untitled

काठमाडौं, त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको नाम ‘सर्ट लिस्ट’मा छनोट भएको छ ।

उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका थिए । तर, उपकुलपति सिफारिस समितिले आवेदनमध्येबाट सर्ट लिस्ट गरेर नामावली सार्वजनिक गरेको हो ।

जसअनुसार कुसुम शाक्य काठमाडौं, केशरजङ्ग बराल पाल्पा, गोविन्द सुवेदी काठमाडौं, चित्रबहादुर बुढाथोकी बागलुङ, ज्ञानेन्द्र पौड्याल नवलपरासी र टंकनाथ धमला ओखलढुंगा रहेका छन् ।

त्यस्तै, तीर्थराज खनियाँ चितवन, नारायणप्रसाद बेलबासे अर्घाखाँची, प्रकाश घिमिरे काठमाडौं भोजराज अर्याल काठमाडौं, महेन्द्रप्रसाद शर्मा बागलुङ रामचन्द्र बस्नेत काठमाडौं, शिवलाल भुसाल अर्घाखाँची र सूर्यबहादुर थापा गुल्मी रहेका छन् ।

समितिले सर्ट लिस्टमा समावेश गरेका यी १४ अनुहारबाट नै त्रिविको नयाँ उपकुलपति नियुक्त हुनेछ । उपकुलपतिकालागि दुई महिलासहित ४३ जनाले आवेदन दिएका थिए ।

त्यसमध्ये १५ जनासम्मको नाम सर्ट लिस्टमा राख्नुपर्ने भन्ने भएपनि समितिले १४ जनाको मात्रै नाम सर्ट लिस्टमा निकालेको हो ।

अब सर्ट लिस्टमा परेकाहरूमध्येबाट सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्नेछ । ती तीन जनामध्ये एक जनालाई नियुक्त गरिनेछ ।

Untitled
Untitled
Untitled