२०८० फागुन १० बिहीवार | Thursday, Feb 22 2024

देशभरका सिनेमा हल आज बन्द

काठमाडौं, देशभरका फिल्म हल आज बन्द गरिएका छन् । मूल्य अभिवृद्धि करबाहेकका अन्य कर खारेजीको माग गर्दै हल संचालकले देशभरका फिल्म हलहरू बन्द गराएका हुन् ।

नेपाल चलचित्र संघले एक दिनका लागि सांकेतिक रुपमा फिल्म हल बन्द गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयमा समर्थन जनाउँदै क्यूएफएक्स सिनेमाजले हल बन्द गरेको जनाएको छ ।

क्यूएफएक्सले आफ्नो साइटमा भनेको छ, ‘सरकारले अव्यवहारिक कर ९चलचित्र विकास शुल्क तथा स्थानीय शुल्क०को कारण चलचित्र व्यवसाय धरासायी हुने अवस्थामा पुगेको हुँदा अव्यवहारिक कर खारेजीको माग गर्दै सांकेतिकरुपमा विरोधस्वरुप २०८० माघ २२ गते एकदिन देशभरका सम्पूर्ण चलचित्र घरहरू बन्द गर्ने नेपाल चलचित्र संघको निर्णय भएका हुँदा उक्त दिन चलचित्र घर बन्द रहने सम्पूर्ण दर्शकवृन्दमा जानकारी गराउन चाहन्छौं ।’