२०८१ भदौ २४ सोमवार | Monday, Sep 09 2024

गैरआवासीय नेपालीलाई नागरिकता सहजरुपमा दिलाउन पहल गर्छु : प्रधानमन्त्री दाहाल

Untitled
Untitled
Untitled

काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहालले गैरआवासीय नेपालीलाई सहज रूपमा नागरिकता दिलाउन थप पहल गर्ने बताएका छन् ।

गैरआवासीय नेपाली सङ्घको ११ औँ महाधिवेशन तथा विश्व सम्मेलनको निम्ता गर्न गएको सङ्घका प्रतिनिधिमण्डलसँगको भेटमा उउनले गैरआवासीय नेपाली नागरिकताको सहज कार्यान्वयनमा सरकार सकारात्मक रहेको बताएका हुन् ।

विदेशमा रहेका नेपाली नागरिकले राहदानी प्राप्तिलगायतका समस्या खेप्नु परेको विषयमा प्रधानमन्त्री दाहालले पछिल्लो अवस्था मूल्याङ्कन गरी कूटनीतिक पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यान्वयनमा सङ्घले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा यस्ता योजनालाई अझ बृहत् रूपमा अघि बढाउन आग्रह गरे ।

गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष डा. बद्री केसीको नेतृत्वको सो प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहाललाई विश्व सम्मेलनको निमन्त्रणा दिएको हो ।

अध्यक्ष डा. केसीले आगामी अक्टोबरमा हुने ११ औँ महाधिवेशन तथा विश्व सम्मेलन र सोही अवसरमा हुने विश्व ज्ञान सम्मेलन र युवा तथा महिला सम्मेलनको विषयमा प्रधानमन्त्री दाहाललाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री दाहालले विश्व सम्मेलनको सफल आयोजनाका लागि शुभकामना दिँदै आफू पनि उपस्थित हुने प्रतिबद्धता व्यक्त गरे ।

भेटमा सङ्घका अर्का अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीका लागि नागरिकता प्राप्तिको बाटो खुलिसकेको र नियमावली निर्माणको चरणमा रहेकाले त्यसलाई सहज र सङ्घमैत्री बनाउन प्रधानमन्त्रीको तहबाटै पहल गरिदिन आग्रह गरे ।

Untitled
Untitled
Untitled