२०८१ चैत ६ बुधवार | Wednesday, Mar 19 2025

चौरासी व्यञ्जनले बिभिन्न १४ विधामा अवार्ड प्रदान गर्ने, प्रतियोगिताको फारम खुल्ला

Untitled
Untitled
Untitled

काठमाडौ, नेपाली खानपानलाई बजारीकरण गर्नको लागि नेपाली खानाको प्रतियोगिता ‘चौरासी व्यञ्जन अवार्ड तथा सम्मान’ सिजन–२ र ‘चौरासी व्यञ्जन प्रतियोगिता’ सिजन–२ र खाने कथा हुने भएको छ ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै चौरासी व्यञ्जन समूहमा अध्यक्ष सेफ प्रेमलाल घिसिङका अनुसार १४ विधामा अवार्ड प्रदान गरिने जानकारी दिए ।

चौरासी व्यञ्जन समूहले लामो समयदेखि नेपाली खानपानको बजारीकरण र विश्वभर सत्कार पेसामा अबद्ध सत्कार पेसाकर्मीहरूको प्रोत्साहनको लागि हामीले यो कार्यक्रम गर्दै आएको छ ।

अध्यक्ष घिसिङले देशैभर १०१ दिन घुमेर नेपाली रैथाने, लोक तथा मौलिक खानपानको अध्ययन, अनुसन्धान र सङ्कलन गरेर ल्याएको नेपाली परिकारहरूलाई बजारमा स्थापित गर्नको लागि यो लगायत विभिन्न कार्यक्रम गर्दै आइरहेको बताए ।

प्रतियोगितामा भाग लिनका लागि सोमबारबाटै खुल्लाका भएको फारम भर्ने अन्तिम मिति भदौ १० गते भित्रमा तोकिएको छ ।

कार्यक्रमको फाइनल यही असोज २६ गते शुक्रवार हुनेछ । फाइनलमा विशिष्ट व्यक्तित्वहरू र विविध सांस्कृतिक कार्यक्रमका साथमा समापन गरिने आयोजक ले जनाएको छ ।

कार्यक्रमबाट उठेको रकमलाई अक्षयकोषमा राखी हरेक वर्ष आजीवन रूपमा ‘चौरासी व्यञ्जन अवार्ड तथा सम्मान’ र ‘चौरासी व्यञ्जन प्रतियोगिता’ आयोजकले जनाएको छ ।

यस्ता छन अवार्डका बिधाहरु

  • Chaurasi Byanjan Award home stay of the year 2023 मा नेपालभरको कुनै पनि होमस्टेले भाग लिन पाउनेछन् ।
  •  Chaurasi Byanjan Award young chef of the year 2023 २ वर्ष देखि ४० वर्षे कोरले भाग लिन पाउने छन् ।
  •  Chaurasi Byanjan Award ४५ वर्ष सम्मको सेफहरूले भाग
    Young excusive chef of the year 2023 फाइन्डाइनिङ टुरेन्ट रिसोर्ट र होटेलका लिन पाउने छन् ।
  • Chaurasi Byanjan Hero chef of the year 2023 सत्कार पेसामा काम गरेको १० वर्ष पुगेका सेफहरूले भाग लिन पाउने छन् ।
  • Chaurasi Byanjan Award bakery chef of the year 2023 रेस्टुरेन्ट, रिसोर्ट र होटेलका बेकरी सेफहरूले भाग लिन पाउने छन् ।
  • Chaurasi Byanjan Award chef instructor of the year 2023 BHM तथा DHM का सेफहरूले भाग लिन पाउने छन् ।
  •  Chaurasi Byanjan Award female chef of the year 2023 रेस्टुरेन्ट, रिसोर्ट र होटेलका महिला तथा क्रेटि सेफहरूले भाग लिन पाउने छन् ।
  • Chaurasi Byanjan Award BHM coordinator of the year 2023 BHM college का coordinator हरुले भाग लिन पाउने छन् ।
  • Chaurasi Byanjan Awardbest plating chef of the year 2023 रेस्टुरेन्ट, रिसोर्ट र होटेलमा काम गरेका सेफहरूले कुनै पनि खानाको सजावट फोटो सहित भाग लिन पाउने छन् ।
  • Chaurasi Byanjan Award best carving chef of the year 2023 रेस्टुरेन्ट, रिसोर्ट र होटेलमा काम गरेका सेफहरूले कुनै पनि Fruits or vegetable को कारभिङ फोटो सहित भाग लिन पाउने छन् ।
  • Chaurasi Byanjan Award restraint of the year 2023 आफ्नो रेस्टुरेन्टको नेपाली मेनु, खानाको सजावट, रेस्टुरेन्टको सजावटको फोटो सहित भाग लिन पाउने छन् ।
  •  Chaurasi Byanjan Award hotel of the year 2023 यसको जिम्मा होटेल एसोसिएसन नेपाललाई दिइने छ ।
  •  Chaurasi Byanjan Award – BHM college of the year 2023 14. Chaurasi Byanjan Award – HM college of the year 2023 विश्वभर सत्कार पेसामा आबद्ध व्यक्तित्वहरूलाई विशेष “चौरासी व्यञ्जन सम्मान” गरिनेछ ।
Untitled
Untitled
Untitled