२०८२ वैशाख १० बुधवार | Wednesday, Apr 23 2025

प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित

Untitled
Untitled
Untitled

काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्।

न्याय खोज्दै काठमाडौँ आएका मिटरब्याजी पीडितहरूलाई आफूसँग भेट गर्न प्रधानमन्त्री दाहालले आफ्नै सरकारी निवास (बालुवाटार) बोलाएका हुन्।

प्रधानमन्त्री दाहालले अहिले बिहान ८ बजे उनीहरूसँग भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

मिटरब्याजीले उठीबास लगाएपछि महोत्तरीको बर्दिबासबाट पैदलयात्रा गरी काठमाडौँ आउनेमा काखे बच्चा च्यापेका आमाहरू पनि छन्।

यसबीच सरकारले मिटरब्याजलाई अपराध घोषणा गरी कानुन संशोधन गर्ने निर्णय गरिसकेको छ भने आन्दोलनरत मिटरब्याज पीडितहरूसँग वार्तासमेत गरिसकेको छ।

यसपछि आज प्रधानमन्त्री दाहालले उनीहरूलाई बालुवाटार बोलाएका हुन्।

Untitled
Untitled
Untitled