२२ वटा दुईपाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
Sanchargram
२०७९ चैत १७ शुक्रवार १७:५७
532
shares
काठमाडौं, विभिन्न मितिमा हराएका २२ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रबार धनीलाई हस्तान्तरण गरेको छ ।
रामशाहपथ स्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज एक कार्यक्रम गरी १६ ओटा मोटरसाइकल र ६ ओटा स्कुटर धनीलाई बुझाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।