२०८१ जेठ १० बिहीवार | Thursday, May 23 2024

प्रहरी महानिरीक्षकमा प्रमुखमा वसन्तबहादुर कुँवर नियुक्त

काठमाडौ, नेपाल प्रहरीको प्रमुख प्रहरी महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त भएका छन् । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरलाई आईजीपी नियुक्त गरेको हो।

तीन दिनअघि मात्रै सरकारले उनीसहित ५ जनालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । बढुवा भएका कुँवरसहित टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य आईजीपीका लागि प्रतिस्पर्धी थिए ।

प्रहरी महानिरीक्षकका पाँच जना प्रतिस्पर्धी मध्ये वरियतामा कुँवर एक नम्बरमा थिए । यस पटक आईजीपी नियुक्त गर्दा सरकारले वरीयता कायम राखेको छ । कुँवर २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।