२०८२ वैशाख १३ शनिवार | Saturday, Apr 26 2025

लोकतन्त्र स्थापनामा सामुदायिक रेडियोहरूको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री दाहाल

Untitled
Untitled
Untitled

काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले लोकतन्त्र स्थापना तथा सामाजिक विभेद र कुरीति अन्त्यमा सामुदायिक रेडियोहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को राष्ट्रिय सम्मेलनलाई बिहीबार ललितपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सामुदायिक रेडियोको प्रशंसा गरेका हुन्।

‘शान्ति प्रक्रिया र संविधान निर्माणको प्रक्रियामा सामुदायिक रेडियोहरूले जुन भूमिका निर्वाह गरेका थिए, संविधान र लोकतन्त्रमाथि गरिएका प्रहारको विरूद्ध र लोकतान्त्रिक प्रणालीको विकासका निम्ति रेडियोले खेलेको भूमिकासमेत त्यत्तिकै महत्वपूर्ण छ’, उनले भने, ‘साथै सामाजिक विभेद, कुरीति एवं विसंगतिका विरूद्ध खरो रूपमा प्रस्तुत हुँदै सामाजिक जागरण एवं रूपान्तरणका क्षेत्रमा यहाँहरूले निर्वाह गर्नु भएको भूमिकाले सभ्य समाजको निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।’

Untitled
Untitled
Untitled